देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

देशान्तर

काठमाडौँ । मुस्लिम आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले सो प्रतिवेदन पेस गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्त्वपूर्ण हुने बताए ।


आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्त्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलको भनाई थियो ।प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष अन्सारीले आयोगले गरेका काम कारबाहीको बारेमा संक्षिप्त जानकारी गराए । उनले मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको बताए ।