देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदैछन् । नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । कोशी प्रदेशका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रिय पदाधिकारी बैठक सोमबार बस्दै छ ।