देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएको महासचिवमा सुवेदीको उम्मेदवारी दर्ता

देशान्तर

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको महासचिवमा बुद्धिसागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता पछि सुवेदीले चुस्त, दुरुस्त र परिणाममुखि काम नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले भने ’हामी सबैको संस्था हो भन्ने भावनामा जोड्न चाहन्छौं र यो संस्थालाई एकताको भावनाका साथ अघि बढ्न चाहन्छौं र हामीले सबैको भावना बुझेर भोलीको दिनमा काम गर्नेछौं’ ।

गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १७ अर्थात् मंगलबारबाट काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ । अक्टोबर २० तारिखसम्म चल्ने महाधिवेशनले आगामी दुई बर्षे (२०२३–२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि नयाँ नेतृत्व चयन गर्नेछन् ।