देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज

देशान्तर

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथसँगै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीको शपथग्रहण दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा हुन लागेको हो । आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गरेका थिए । उनलाई गठबन्धन दलले मुख्यमन्त्रीका लागि समर्थन गरेका थिए ।

केन्द्रमा भएको सहमतिप्रति असन्तुष्ट कांग्रेसको शेखर कोइराला पक्षका केही सांसदहरु तथा नेकपा एमालेका सांसदहरुको समर्थनमा कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

दुवैजनाको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले सनाखतका लागि बोलाएका थिए । त्यस क्रममा कार्कीका पक्षमा बहुमत सांसद देखिएपछि उनैलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

सनाखतमा कार्कीको पक्षमा बहुमत पुगेसँगै उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

कार्कीको पक्षमा कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीको पक्षमा हस्ताक्षर गरेका थिए।