देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्की गठबन्धनकै मुख्यमन्त्री भएको प्रचण्डको दाबी : कोशी प्रदेशमा राप्रपा विपक्षमा छ : लिङ्देन

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धनकै मुख्यमन्त्री भएको दाबी गरेका छन् । शनिबार चितवनस्थित भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बालुवाटारमा भएको सहमतिले गठबन्धन अझै बलियो भएको दाबी गरे ।
उनले केदार कार्की अब गठबन्धनकै मुख्यमन्त्री भएकाले सबैले विश्वासको मत दिने बताए । उनले सर्वपक्षीय सरकार बनाउने असम्भव नभएपनि तत्काल सम्भावना नभएको दाबी गरे । उता कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले मध्यावधि रोक्नको लागि एमालेसँग मिलेर सरकार गठन गरेको बताएका छन् । भोलि शपथसँगै सानो मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ । सरकार गठनमा अब एमालेसँग मिलेर बन्छ कि गठबन्धनसँग भन्ने प्रश्नमा उनले त्यो पछिको कुरा भएको अहिले निर्णय न भएकोले काम गर्दैजाँदा हुने बताए । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपा विपक्षमा रहेको प्रतिकृया दिएका छन् ।
उनले अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पार्न आह्वान पनि गरेका छन् ।