देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी कांग्रेसको संसदीय दलका नेता थापाले पदबाट दिए राजीनामा

देशान्तर

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षका केदार कार्की मुख्यमन्त्री नियुक्त भएकपछि संस्थापन पक्षका संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिएका छन् । थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
उनले कोशी प्रदेश सरकार निर्माणका क्रममा देखिएको घटनाक्रमप्रति आफू पनि कारक रहेको बताउँदै राजीनामा दिएको पत्रकार सम्मेलनमा बताएका छन् ।
पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरेर पदबाट राजीनामा दिइएको जानकारी गराएका छन् । उनले दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
राजीनामाको बोधार्थ कांग्रेस केन्द्रिय कार्य समिति, कोशी प्रदेश कार्य समिति र कोेशी प्रदेश प्रदेश सभा सचिवालयलाई गराइएको छ ।