देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दशैंका बेला यातायात र सडकबारे संसदीय समितिले मन्त्री ज्वाला संग जानकारी लिने

देशान्तर

काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ । दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ बुधबार मन्त्री ज्वाला र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।

दशैं, तिहारमा सर्वसाधारण काठमाडौंबाट घर जाने बेला यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले भत्किएका सडक मर्मतका विषयमा मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताए ।