देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यवस्थालाई दोष दिने बेला भाछैन :शहरी विकासमन्त्री

देशान्तर

काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताएकी छन् । सोमवार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता प्राप्त गरेपनि कानूनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरेपनि अहिले व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको बताइन् ।
उनले झन्डै ४० वटा संघीय कानून बनाइसकेपछि अहिले भएका समस्या समाधान हुने दाबी गरिन् । मन्त्री गुरुङले कार्यान्वयनकै चरणमा सबैकुरा भएन भन्ने हो भने गलत हुने बताइन् ।
मन्त्री गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारेपनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गरिन् । उनले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि बढाउन बजेट पर्याप्त नभएको गुनासो गरिन् । गुरुङले सबैको साझा संकल्प र प्रतिवद्धता हुन नसक्दा यी योजनाहरु कार्यान्वयन
मा जान नसकेको बताइन् ।

मन्त्री गुरुङले बनेका शहरलाई व्यवस्थित गर्ने र बन्ने शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन् । उनले सबै पालिकामा शहर निर्माणको बेस लाइन योजनाबारे आवश्यक अध्ययन हुन जरुरी रहेको बताइन् ।