देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएमा उम्मेदवारी घोषणाको बाढी

देशान्तर


काठमाडौं । १०औं महाधिवेशनबाट अस्तव्यस्त बनेको गैरआवासीय नेपाली संघ एनआरएनएको ११औं अधिवेशन संघारमा छ । अक्टोबर १९ तारिखमा हुन लागेको अधिवेशनले कोर्स करेक्सन गर्नका लागि भन्दै यस पटक पुरानै एकल नेतृत्वमा जाने निर्णय गरेर चुनावी प्रक्रिया अघि बढाइसकेको छ । एनआरएनएले ४ हजार १ सय ९२ जनाको मतदाता नामावली प्रकाशित गरेको एनआरएनएको नयाँ नेतृत्वका लागि अहिलेसम्म लोकतान्त्रिक समूहबाट महेशकुमार श्रेष्ठ, माओवादीबाट आरके शर्मा र नेकपा एमालेबाट बद्री केसीको चर्चा छ । यसैगरी रविना थापाले पनि काठमाडौंमा उम्मेदवारी घोषणा गरिसकेकी छन् । सुरुमा महेशले उम्मेदवारी घोषणा गरे थिए भने आरकेले शर्माले कतारबाट गरेका थिए । रविनाले काठमाडौंमै उम्मेदवारी घोषणा गरे पनि बद्रीले चुनावी तयारी गरे पनि उम्मेदवारी भने घोषणाा गरिसकेका छैनन् ।
नेपाली राजनीतिकको प्रभाव एनआरएनएमा पर्ने भएकाले लोकतान्त्रिक र माओवादीसमूहको बीचमा लेनदेन हुँदा उम्मेदवारी तलमाथि हुने सम्भावना भने रहेका एनआरएनएकै अभियन्ताहरू बताउँछन् ।
एनआरएनएको ६ जना खुल्ला उपाध्यक्षका लागि प्यानल नै प्रतिस्पर्धामा उत्रने पक्का जस्तै छ । अहिलेसम्म महेशको समूहले खुल्ला ६ मध्य ५ जनाको उम्मेदवारी टुंगो लगाएको बुझिएको छ । उपाध्यक्षमा डा. केशब पौडेल, सुनील साह, नारायण आचार्य, राज रेग्मी र गंगाधर गौतमको टिकट पक्का भएको बताएको छ । यसैगरी रोविन शेरचनले पनि उपाध्यक्षको टिकट पाउने बताए पनि अझैं पक्का भइसकेको छ । महिला उपाध्यक्षमा विमला सापकोटा र युवा उपाध्यक्षमा रविन अधिकारीलाई समूहमा राख्ने बताइएको छ । उता, बद्रीको टिमले पनि पदाधिकारीसहितको तयारी तीव्र पारेको बताइएको छ । महासचिवमा भने महेश समूहबाट बुद्धिसागर सुवेदीको पक्का जस्तै छ ।
उता, बद्रीले पनि आफ्नो समूह निर्माणका लागि अन्तरिक तयारी गर्दा उनले सुनील साह र रोविन शेरचनलाई पनि आफ्नो समूहमा राखेका छन् । साह र शेरचन महेशको पनि टिममा रहेका छन् । बद्रीले उपाध्यक्षको पहिलो रोजाइमा डा. हेमराज शर्मा, रामशरण सिम्खडा र डा विनोद श्रेष्ठलाई समावेश गरेको बुझिएको छ । तर, अहिलेको मतदाता नामावली सार्वजनिक लगायतका कुराहरूका कारण अलि अप्ठेरो अवस्थामा रहको बद्री समूह ‘पर्ख र हेर’को अवस्थामा रहेको छ । बद्री अहिले जसरी पनि महेशलाई रोक्ने बरु आरकेलाई अध्यक्ष मानेर आफू संरक्षकको भूमिकामा जाँदा आफ्नालाई विभिन्न पदमा सेट गर्न सक्ने रणनीति लिएको बुझिएको छ ।
आरके शर्माले कतारबाट आफ्नो उम्मेदवारी घोषणा गरे पनि उनले टिमबारे सार्वजनिक गरेका छैनन् भने रविनाले पनि टिम सार्वजनिक गर्न नसकको एनआरएनए वृत्तमा चर्चा छ ।