देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संगीतको रोयल्टी संकलन समाजको नेतृत्व आउँदो शनिबार चुनिँदै

देशान्तर


काठमाडौं । संगीत रोयल्टी संकलन समाजको नयाँ नेतृत्वका लागि आउँदो शनिवार निर्वाचन हुने भएको छ ।
समाजको १४औं साधारणसभाबारे सूचना जारी गर्दै समाजले निर्वाचनको कार्यतालिका १७ गते प्रकाशित गर्ने जनाएको छ ।
साधारणसभाले रोयल्टीको नयाँ मापदण्ड तय गर्नेछ भने मौजुदा विधान संशोधनको प्रस्ताव पनि गरिने समाजले जनाएको छ । साधारणसभामा समाजको वर्तमान कार्य समितिको दुईवर्षे कालका प्रगति विवरण प्रस्तुत गरिने समाजका कार्यवाहक अध्यक्ष चन्द्र शर्माले जानकारी दिएका छन् । समाजको वर्तमान नेतृत्व संगीतकार सुरेश अधिकारीले गरिरहेका छन् ।