देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दरबन्दी यथावत् रहे स्वास्थ्यकर्मीमाथिको आक्रमण रोकिँदैन : स्वास्थ्यमन्त्री

देशान्तर

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी यथावत् रहे स्वास्थ्यकर्मीमाथिको आक्रमण नरोकिने बताएका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पटक–पटक आक्रमणका घटनाको पछाडि अस्पतालमा पर्याप्त जनशक्तिको अभाव प्रमुख समस्या रहेको उनको भनाइ छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले २०५० सालकै दरबन्दीबाटै अहिले पनि स्वास्थ्य संस्था चल्दै आएको बताए । सोही दरबन्दी चल्दै आएकाले वर्तमान दरबन्दीबाट स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा देखिँदै आएको समस्याको दीर्घकालीन समाधान नहुने बताएका हुन ।