देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्पेन महिला विश्वकपको सेमिफाइनलमा

देशान्तर

स्पेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज विहान भएको खेलमा नेदरल्याण्ड्सलाई २–१ गोल अन्तरले हराउँदै स्पेनले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंग्एिपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ९ मिनेट बाँकी हुँदा स्पेनले गोल गर्दै खेल आफ्नो पकडमा पारेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्पेनले ८१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो । स्पेनकी साल्मा पार्लिलोले गरेको प्रहार नेदरल्याण्ड्सकी स्टेफ बेन डेर ग्रागटको हातमा लागेको थियो । भिएआरले रिभ्यू गरेपछि पाएको पेनाल्टीलाई ८१ औं मिनेटमा मारिया एनगोनोले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाइन् ।

तर, दोस्रो हाफको अतिरिक्त समयमा नेदरल्याण्ड्सका लागि स्टेफन बेन डेर ग्रागटले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । त्यसपछि खेल अतिरिक्त समयमा जाँदा १११ औं मिनेटमा स्पेनले पुनः अग्रता लियो । स्पेनका लागि साल्माले गोल गरेपछि अन्ततः नेदरल्याण्ड्सको चुनौती २–१ ले पन्छाउँदै स्पेन सेमिफाइनलमा पुग्न सफल भयो ।