देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानी टिम भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुने

देशान्तर

काठमाडौं । पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय पुरुष क्रिकेट टिमलाई भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न अनुमति दिएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत पाकिस्तानी टिमले भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुने सुनिश्चित गरेको हो ।

पाकिस्तान सरकारले खेलकुदलाई राजनीतिक मुद्दा बनाउन नचाहेको स्पष्ट पार्दै विश्वकपका लागि टोली पठाउने निर्णय गरेको जनाएको छ । यस विषयमा पाकिस्तानले आइसिसीलाई पनि जानकारी गराएको छ ।

। विश्वकप यही अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म हुँदैछ । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ मा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।