देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी सरकारले आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने 

देशान्तर

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले कर्निया आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले पहिलो पटक प्रदेशभर कर्नियाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०८०÷८१ को बजेटमा स्रोत व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । नेपालमा आँखाको उपचार निःशुल्क रूपमा गर्न कार्यक्रम लागू गर्नेमा लुम्बिनी प्रदेश पहिलो हो ।

विभिन्न कारण आँखाको ज्योति गुमाएका नागरिकको अन्धोपनको उपचार तथा शल्यक्रिया गरिन्छ । प्रदेशभरका कर्निया बिरामीको लागि मन्त्रालयले व्यक्तिगत उपचार खर्च उपलब्ध गराउने नभई अस्पतालबाटै निःशुल्क अप्रेसनसहितको सेवा दिने व्यवस्था मिलाउने गरी कार्यविधि निर्माण गर्न लागेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षदेखि सिकलसेल एनिमिया भएका बिरामीहरूको निःशुल्क बिमा गर्न पनि सुरु गरिसकेको छ ।