देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तेक्वान्दोमा नन्दा बस्यालले जितिन् स्वर्ण

देशान्तर

काठमाडौँ, । नेपालकी खेलाडी नन्दा बस्यालले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । 


उनले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । 

फाइनल खेलमा उनले इरानलाई हराएर स्वर्ण पदक जितेकी हुन् । प्रतियोगितामा विभिन्न ५७ वटा राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी सदस्य,खेलकुद महासङ्घको केन्द्रीय उपाध्यक्ष समेत रहेकी सुर्खेतकी बस्याल कोरियामा सम्पन्न “2023 Seongam World Taekwondo Hanmadang” प्रतियोगितामा स्वर्ण पदक जितेकी हुन् ।