देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेत्री करिष्मा मानन्धरले पुस्तकालय खोल्ने

देशान्तर

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन् । 

ललितपुर, गोदाबरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन । 

त्यसका लागि आफुसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन् । 

‘सानो सोच,
एउटा सानो सोच आएको छ, 

स्यानो पुस्तकालय बनाउने,
गोदावरी बाट सुरु गरौं कि,
केही किताब छन् घरमा जुन बिनोदजी र मैले पढ्ने क्रममा बटुलेका थियौं ,
हजुरहरुसंग केही राम्रा किताबहरु छ्न भने उपहार स्वरुप दिनुहोस्’ भन्दै उनले फेसबुकमार्फत पुस्तक सहयोग गर्न अपिल पनि गरेकी छिन् ।