देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिला फुटबल टिमलाई यूनिलिभरको २५ लाखको प्रायोजन

देशान्तर

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभरले महिला फुटबल टिमलाई प्रायोजन सहयोग गरेको छ । युनिलिभरले महिला फुटबल टिमलाई २५ लाख रुपैयाँको प्रायोजन गरेको हो । युनिलिभरका प्रबन्ध निर्देशक अमलाल मुखर्जी र अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताको अवधि एक वर्षको रहेकोे छ ।
नेपालको महिला फुटबलको विकासमा युनिलिभरले प्रायोजन गरेको युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले बताए । नेपालको महिला फुटबल टिम भर्खरै बंगलादेशमा दुई मैत्रीपूर्ण सिरिजको उपाधि जितेर फर्किएको हो । नेपालको महिला फुटबल एन्फा र नीजि क्षेत्रको उपेक्षामा पर्दै आएको छ । नेपालका महिला खेलाडीले गत वर्ष लिगनै खेल्न पाएनन् ।