देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीत : भमरा फूलकै कुरा


भमरा फूलकै कुरा जोड्छन् प्रेममा 

अक्सर भमरा नै बाटो मोड्छन् प्रेममा

रस चुसी जाने भमरा हैन म

हो तिमिलाई छोडी जाने छैन म

हाम्रो नाता कस्तो हुन्छ भनूँ 

तिमि डुङ्गा हुँदा म माझी बनूँ

तिमि चङ्गा हुँदा म धागो बनूँ 

तिमि डुङ्गा हुँदा म माझी बनूँ

तिमि चङ्गा हुँदा म धागो बनूँ  ।

संसारका सबै सुख त नहोला 

तर दुखको छायाँले छुँदैन

तर दुखको छायाँले छुँदैन

पुरै दुनियाँ एकातिर भए नि

हाम्रो यो साथ तलमाथि हुँदैन

हाम्रो यो साथ तलमाथि हुँदैन

हाम्रो साथ कस्तो हुन्छ भनूँ

तिमि प्यासी हुँदा म पानी बनूँ

तिमि आँखा हुँदा म नानी बनूँ 

तिमि प्यासी हुँदा म पानी बनूँ

तिमि आँखा हुँदा म नानी बनूँ । 

यही नै माया हो कतिलाई हँसाउने

यही नै माया हो धेरैलाई रुवाउने

यही नै माया हो धेरैलाई रुवाउने

कतै सताउने कतिलाई डुबाउने

मायाको रूप यो थाहा नै नहुने 

मायाको रूप यो थाहा नै नहुने 

हाम्रो  माया कस्तो हुन्छ भनूँ 

तिमि आँसु हुँदा म रुमाल बनूँ 

तिमि आगो हुँदा म पानी बनूँ

तिमि आँसु हुँदा म रुमाल बनूँ 

तिमि आगो हुँदा म पानी बनूँ ।