देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुशल भुर्तेल शून्य रनमा पभेलियन फर्किए

देशान्तर

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ विरुद्ध नेपालले पहिलो इनिङको दोस्रो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा हुने खेलका लागि भएको टस जितेपछि ब्याटिङमा आएको नेपालका ओपनर दुई बल खेली शून्य रनमा पभेलियन फर्किए ।

उनलाई हर्षित रानाले एलबीडब्लूको धरापमा पारे । जारी खेलको तीन ओभर समाप्त हुँदा नेपालले एक विकेटको क्षतीमा १६ रन जोडको छ ।

नेपालबाट हाल क्रिजमा अर्का ओपनर आसिफ शेख र देव खनाल छन् ।