देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कारमा सेक्स गर्दागर्दै बिरामीको मृत्यु, अस्पतालद्वारा नर्सलाई बर्खास्त

देशान्तर

वेल्स । बेलायतलकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीकाे मृत्यु भएको घटना सार्बजनिक भएकाे छ ।

ती बिरामीसँगको सम्बन्ध राख्दै अाएकाे र याैन सबन्ध गर्दागर्दै बिरामीकाे मृत्यु भएकाे पता लागे पछि अस्पतालले उनलाइ जागिरवाट निकालिएकाे छ। साे क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् ।

नर्सले बिरामीको यौनसम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो । भनिएको छ कि, जब मेडिकल आपतकालीन कर्मचारीहरु पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए । 

ती बिरामीको वेल्सको अस्पतालमा डायलासिसको उपचार भइरहेको थियो र याैन सम्पर्क गर्दा गर्दै हृदयघातका कारण उनको मृत्यु भएको थियो। मिडिया रिपोर्टका अनुसार द टाइम्स यूकेका अनुसार बिरामीको मृत्यु कार्डियक अरेस्ट र क्रोनिक मृगौला रोगका कारण भएको थियो।

नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) प्यानल समक्ष विस्तृत अनुसन्धान र परीक्षणको माग गरिएकाे थियाे ।

मिडिया रिपोर्ट अनुसार अभियुक्त नर्सका सहकर्मीहरूलाइमृतक बिरामीसँग उनको सम्बन्ध रहेकाे बारेमा थाहा थियो र उनीहरूमध्ये केहीले उनलाई गम्भीर परिणामहरूको चेतावनी पनि दिएका थिए। तर उनले यी सुझावहरूलाई बेवास्ता गर्दै निरन्तर याैन सम्पर्कका लागि बिरामीसँग सबन्धमा रहेकी थिइन् ।

नर्सले आफ्नो पेशाको मर्यादा मात्र उल्लङ्घन गरेकी थिइन्, एम्बुलेन्स नबोलाएर र डाक्टरलाइ पनि हृदयघात भएकाे बारेमा जानकारी नदिइ लुकाएकी थिइन । बरु, उनका साथीहरूले कारमा बिरामी छटपटिएकाे देखे पछि अरूलाइ बाेलाएका थिए ।

द टेलिग्राफका अनुसार, नर्सले भनिन् कि उनले कारको पछाडि ‘३० देखि ४५ मिनेट’ मात्र बिताएकी थिइन । उनले काउन्सिलमा दिएकाे बयान अनुसार साे क्रममा बिरामी एक्कासी कराउन थालेको र मृत्यु भएको बताएकी छिन्। सुरूमा सबन्ध अस्विकार गर्दै अाएकी ती नर्सले पछि भने ती बिरामी पुरुषसँगको सम्बन्ध स्वीकार गरेकी थिइन र आफूले त्यो रात यौनका लागि भेटेको पनि बताएकी थिइन ।