देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बदलिँदो यी ५ को अंशबन्डा


पाँच पार्टीले बिर्ता पाएको मुलुक
पूरै अंशबन्डामा परेको छ
बदलिँदो बादलसरह
यी ५ बदलिरहन्छन् तागत अनुसार
अंशबन्डाको अनुपात पनि बदलिरहन्छ
कहिले एउटाको धेरै हुन्छ
अर्कोको कम
कहिले अर्कोको धेरै हुन्छ
पहिलोको कम
कहिले कुनैको हुँदै हुँदैन
त्यति बेलाको व्यग्रताले
झन् उटपट्याङ काम हुन्छ।

हिजो बाहिरियाले खेल्ने ठाउँ
सानो थियो
आज पूरा मुलुक नै बाहिरिएको खेल्ने आँगन बन्यो
प्रजातन्त्र
उत्कृष्ट कर्म गर्ने प्रतिस्पर्धा
निकृष्ट कर्ममा रूपान्तरण भयो
मुलुक लुटेर स्विस बैङ्कमा राख्न
विकास र समृद्धिको गफमा
यसमा भुलाइएको जनतालाई
अब त अमूर्त वस्तुसरह पारियो
केवल सातौँ आसमानमा पुर्‍याइने।

यो निकृष्ट कर्मको शृङ्खला अग्लाउन
प्रजातन्त्रलाई नै नियन्त्रणमा राख्न थाले
प्रजातन्त्रको मुटु
नियन्त्रण र सन्तुलन व्यवस्था
सकेसम्म आफ्नो नियन्त्रणमा राखेर
यी ५ को आन्तरिक प्रतिस्पर्धा बन्यो यो
जनतालाई कोही ५ टाउके स्वरूप देखाउने
कोही ३ टाउके स्वरूप देखाउने
रजाइगर्नेबिच अंशबन्डा झन् बढ्यो
अब मौखिक होइन, उधारो पनि होइन
कागत गरेर नै लिएर लिने दिने गरे
यस क्रममा
जाम्बी प्रजातन्त्रु पो स्थापित भयो बीभत्स राज्य सञ्चालनको स्वरूप
यसरी ग्रे म्याटर क्षीण भएर गयो
ग्रे लिस्टुमा मुलुक पर्ने भयो।

सट्टापट्टाको सरकार’
चट्टाबट्टाको राष्ट्र दोहन
स्थापित या विस्थापित खेल
मन्त्री नपाए आत्महत्या गर्छु भन्ने
भाग शान्तिका प्रतिस्पर्धी
प्रधानन्यायाधीश गठबन्धनको ‘अदृश्य हिस्सा’
अख्तियार प्रमुख बाच डग होइन ुल्याप डगु
अपराधी छुटाउने सरकार
आर्यघाट पुगेको संविधान
के बचेको छ र अहिलेरु

न्याय नपाए गोर्खा जानूु भन्ने मुलुकमा
न्याय यति पिलन्धरे बनिसक्यो
दिउँसै बत्ती बालेर खोज्नु पर्ने
अहिलेको अवस्था बनाए यी स्वनामधन्यले
ुप्रधानमन्त्री नपाए दिल्ली जानूु पर्ने
यस्तो बाह्य प्रतिस्पर्धाको कुहिरो
नदेखिने भएको सरकार
बदलिरहन्छ यहाँ प्रोक्सी रुलको लागि
बदलिरहने ग्रह संयोजन र हर्ष बलमा।

बदलिँदो आकाशजस्तै
बदलिन्छ यी ५ को प्रोफिट सेयरिङु पनि
त्यही अनुपातमा बदलिने अंशबन्डा
कलेज होस् या विश्वविद्यालय
भिसी हुन् या डीन
टोल टोलका व्यायामशाला हुन् या क्लबहरू
मुसदण्ड सँगको समावेशी
सबै अंशबन्डामा दोहनगर्न उद्यत
अब त हुँदा हुँदा यी ५ को नयाँ लिखतमा
अन्तर्राष्ट्रिय संस्था रेडक्रस पनि परेछ।