देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ च्याम्पियनसिपः नेपाल र पाकिस्तान बिच प्रतिस्पर्धा हुदैँ

देशान्तर

आज नेपाल र पाकिस्तानका बिचमा प्रतिस्पर्धा हुदैँछ ।  भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।  अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३ः४५ बजेवाट सुरु हुनेछ।

साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन । समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानवाट बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अंक विहीन रहदै पुछारमा रहेर बाहिरिन पुगेका हो । दुवै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुन । जसअनुसार पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।