देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाको ५ विकेट झर्यो : ऐरीद्वारा गजानन्द सिंहआउट

देशान्तर

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपाल पाँचौ विकेट लिएको छ ।
नेपालका दीपेन्द्र सिंह ऐरीले वेस्ट इन्डिजसँगको अघिल्लो खेलमा शतक बनाएका गजानन्द सिंहलाई आउट गराएका हुन् ।

अमेरिकाविरुद्धको जारी खेलमा नेपालले २१ ओभरको समाप्तीमा ६६ रन खर्चिएर ५ विकेट लिईसकेको छ । नेपालका लागि तीव्र गतिका बलर करण केसीले ४ विकेट लिएका छन् । केसीले दोस्रो ओभरको पाँचौ र छैटौं बलमा विकेट लिएका थिए ।

करण सात दशमलब ५ ओभर तथा ९ दशमलब २ ओभरमा अर्को विकेट लिए । पहिलो विकेटका रुपमा ४ रन बनाएर खेलिरहेका स्टेभन टेलरलाई एलबिडब्लुको धरापमा पारेका थिए । टेलर आउट भएलगत्तै क्रिजमा उनको स्थानमा आएका साईतेजा मुकामल्ललाई स्लिपमा रहेका आरिफको हातबाट क्याच आउट गराए ।

तेस्रो विकेटका रुपमा आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । चौथो विकेटका रुपमा नोस्तुषा केन्जिगेलाई १ रनमा आउट गराए ।

अमेरिकाका लागि अहिले क्रिजमा शहान जागिंर र सुशान्त मोदनी रहेका छन् । जागिंर ४ तथा मोदनी २८ रनमा क्रिजमा रहेका छन् ।

टस जितेर नेपालले बलिङ गरिरहेको हो । नेपालले बलिङ रोजेपछि अमेरिका पहिले ब्याटिङ गरिरहेको छ ।