देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाविरुद्ध करण केसीको चार विकेट

देशान्तर

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध करण केसीले नै नेपाललाई चौथो सफलता दिलाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको दशौँ ओभरको दोस्रो बलमा करणले नोस्थुस केन्जिगेलाई आरिफ शेखबाट क्याच गराए । जारी खेलमा अमेरिकाले चार विकेट गुमाउदा सबै करणले नै लिएका हुन् ।

अहिले ९.३ ओभरको खेल सकिँदा अमेरिकाले चार विकेट गुमाएर १९ रन जोडेको छ । करणले यसअघि दोस्रो ओभरमा दुई विकेट र आठौं ओभरमा तेस्रो विकेट लिएका थिए ।

अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्दै छ । खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङ को निम्तो दिएका हुन् । समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो ।