देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा अनुप खनालद्वारा उम्मेदवारी

देशान्तर

गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागि बर्तमान कार्यसमितिका सचिव अनुप खनालद्वारा युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।

‘युवाहरुहरुको बृहत सहभागीता, संस्थाको दिगो सफलता’ भन्ने नारा सहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका  हुन ।

गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउने क्षमता भएका खनालले गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको बताएका छन । गफ गर्नलाई होइन काम गर्नलाई आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

वर्तमान कार्यसमितिका सचिव खनालले आफ्नो कामको मुल्याकंन गर्न समस्त अमेरिकावासी नेपालीलाई आग्रह गरेका छन । नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने हुटहुटि कायमै रहेको जनाउँदै अबका दिनमा अझ सक्रियता सहित अगाडि बढन खोजेको उनको भनाइ छ ।