देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसिया कप २०२३ को मिति तथा आयोजकको टुङ्गो

देशान्तर

काठमाडौं । एसिया कप २०२३ को मिति तथा आयोजकको टुङ्गो लागेको छ । भारत र पाकिस्तानको राजनीतिक किचलोका कारण अनिश्चित बनेको एसिया कपमा नेपाल पनि छनोट भइसकेको छ।
एसीसीले बिहीबार विज्ञप्ति जारी गर्दै अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा एसिया कप हुने जनाएको छ ।
पाकिस्तानमा चार र श्रीलंकामा बाँकी खेल हुने गरी एसिया कपको १६औं संस्करण हुने विज्ञप्तिमा उल्लेख छ ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसँगै नेपाल सहभागी हुने प्रतियोगितामा कुल १३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हुनेछन् ।

सहभागी टीमलाई दुई समूहमा विभाजन गरेर शीर्ष दुईले ‘सुपर फोर’मा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टीमले फाइनल यात्रा तय गर्नेछन् ।

नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । यस्तै अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

नेपाल घरेलु मैदानमा भएको एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको हो ।

गत वर्ष यूएईमा भएको फाइनलमा पाकिस्तानलाई पराजित गरेको श्रीलंका प्रतियोगिताको साविक विजेता हो।