देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ

देशान्तर

काठमाडौं । नेपाल भलिबल संघले काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरेको छ ।
किर्गिस्तानको बिस्केकमा आउने असार ३ देखि १० सम्म हुने प्रतियोगिताका लागि नेपाल टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाल टिमको बिदाइ गरेका हुन् ।
सेन्ट्रल एसियन भलिबल संघ (काभा)अन्तर्गत माथिल्लो वरीयताका टिमहरुसँग नेपालले नेशन्स लिगमा प्रतिस्पर्धा गर्दैछ ।
यो प्रतियोगितालाई नेपालले साउनमा श्रीलंकामा हुने सेन्ट्रल एसियन सिनियर मेन्स भलिबल प्रतियोगिता र असोजमा हुने एसियाली खेलकुदको तयारीका रुपमा लिएको छ ।
प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै नेपाल, इरान, मंगोलिया, काजकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् ।
प्रतियोगिता राउण्ड रोविन प्रणालीमा हुनेछ ।  नेपाल टिममा कप्तान परिवर्तन गरिएको छ ।

इम रानामगर टिममा नहुँदा ३० वर्षीय हरिहजुर थापालाई कप्तानको जिम्मेबारी दिइएको छ । इम र हरिहजुर दुवै सेटर पोजिसनका खेलाडी हुन् ।