देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फौजदारी मुद्दामा पक्राउ परेका ट्रम्प, सुनुवाइपछि रिहा

देशान्तर

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गोप्य कागजातसँग सम्बन्धित आपराधिक मुद्दामा मंगलबार पक्राउ परेका छन्।

ट्रम्प यस मामिलामा मियामी अदालतमा उपस्थित हुन पुगेका थिए।

तर,  गोप्य कागजात मुद्धा प्रकरणमा भएको सुनुवाइपछि उनलाई अदालतबाट निःशर्त बाहिरिने अनुमति दिइएको थियो ।

सुनुवाइका क्रममा ट्रम्पले गोप्य कागजातको मामिलामा आफू दोषी नभएको अदालतमा पुनः बताएका थिए । ट्रम्पले गोप्य कागजातको कथित छेडछाडसँग सम्बन्धित ३७ आरोपमा आफु दोषी नभएको जिकिर गरेका छन् ।

ट्रम्पका वकिल टोड ब्लान्चेले न्यायाधीशलाई भने, ‘हामी पक्कै पनि यस मामिलामा दोषी छैन, आरोपलाई अस्वीकार गर्छौं।’

यसअघि सुनुवाइको सामना गर्न ट्रम्प दिउँसो मियामी पुगेर अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसपछि उनलाई अदालतमै पक्राउ गरिएको थियो ।

मिडिया रिपोर्टका अनुसार मंगलबारको सुनुवाईको क्रममा मजिस्ट्रेट न्यायाधीश जोनाथन गुडम्यानले ट्रम्पले आफ्ना सहयोगी वाल्ट नाउटुसँग मुद्दाको बारेमा कुरा गर्न नसक्ने बताए। न्यायाधीशले अभियोजकहरूलाई सम्भावित साक्षीहरूको सूची तयार गर्न पनि भनेका थिए, जससँग डोनाल्ड ट्रम्प मुद्दाको सम्बन्धमा बोल्न सक्दैनन्। उनले वकिल मार्फत मात्र यी साक्षीहरूसँग अन्तरक्रिया गर्न सक्छन्।

हालैका महिनाहरूमा ट्रम्पको यो दोस्रो अदालतमा उपस्थिति थियो। यसअघि अप्रिलमा उनी न्यूयोर्कको अदालतमा हाजिर भएका थिए ।

उनीमाथि पोर्न स्टारलाई मौन बस्नका लागि ठूलो रकम दिएको आरोप लागेको थियो । त्यसमा पनि ट्रम्पले अदालतमा आफूलाई निर्दोष घोषणा गरेका थिए । स्मरण रहोस, ट्रम्प अमेरिकाको पहिलो पूर्व राष्ट्रपति हुन् जो एक आपराधिक मुद्दामा संघीय न्यायाधीश समक्ष उपस्थित भईरहेका छन् ।

ट्रम्पका सबै समर्थकहरु अदालत परिसर बाहिर जम्मा भए र नाराबाजी गरिरहे । तिनीहरूमध्ये केहीले बेसबल टोपी लगाएका थिए जसमा ुमेक अमेरिका ग्रेट अगेनु लेखिएको थियो। समर्थकहरूले राष्ट्रपति जो बाइडेनविरुद्ध नारा लगाएका थिए।