देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विनोदको एकल लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्दै

देशान्तर

काठमाडौं । लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा जन्मिएर अध्ययनलाई निरन्तरता दिन नजिकैको सहर बुटबल सरेका र हाल अस्ट्रेलिया बस्ने विनोद कुँवरले एक्लो लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भएका छन् ।


विनोदको एकल लगानीमा रुपन्देहीमा तिलोत्तमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्न लागेको हो । तिलोत्तमा नगरपालिकाको वडा नम्बर १७ दरखसवामा बन्ने ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ को सोमबार शिलान्यास गरिएको छ ।

क्रिकेट मैदानको तिलोत्तमा नगरपालिकाको प्रमुख रामकृष्ण खाँड, उपप्रमुख जागेश्वर देव चौधरी, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघ क्यानका पूर्व सचिव प्रशान्तविक्रम मल्ल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

मैदान निर्माण गर्न ४० करोड रुपियाँ बजेट अनुमान गरिएको विनोदले बताएका छन् । मैदान निर्माणका लागि दुई वर्ष अघिदेखि जग्गा खरिद प्रक्रिया सुरु गरिएको थियो । पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक समेत रहनुभएका विनोदले बताए ।मैदान निर्माणसँगै पहिलो वर्ष पाँच हजार दर्शक क्षमताको प्यारापिट बनाइने छ । प्रत्येक वर्ष पाँच पाँच हजार क्षमताको दरले निर्माण गरिँदै आगामी चार वर्षभित्रमा २५ हजार दर्शक क्षमताको बनाइने एक्स्ट्राटेक ओभल प्रालिको योजना छ ।

यस क्रिकेट मैदानको स्वामित्व समेत एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक विनोदमा निहित रहने बताइएको छ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्सिच्युट हो । पूर्व खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डरसमेत रहेको  प्रालिकि संस्थापक सुदि गौतमले जानकारी दिएकी छन् । एकेडेमी र ट्रेनिङ सेन्टर जिम्मेवारी शक्तिलाई नै दिने बताइएको छ । ।