देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिप

देशान्तर

काठमाडौं । भारतलाई हराउँदै अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप जितेको छ ।

इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा भारतलाई २०९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाको पहिलो पल्ट टेष्ट च्याम्पियनसिप उपाधि हो ।यसअघि पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सिरिजको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको भारत २०१२–२३ को सिरिजमा अस्ट्रेलियासँग परासिजत भएको हो । पहिलो पारीमा २९६ रन बनाएको भारत दोस्रो पारीमा २३४ रनमा अल आउट भयो ।

पहिलो पारीमा ४६९ रन बनाएको अस्ट्रेलियाले ८ विकेट गुमाएर २७० रन बनाएको स्थितिमा पारी समाप्तको घोषणा गर्दै भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य पछ्याउने क्रममा भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहोली ४९ रनमा तथा अजिन्क्या रहाने ४६ रनमा आउट भए । टेष्ट च्याम्पियनसिप उपाधि विजेता अस्ट्रेलियाले १६ लाख अमेरिकी डलर अर्थात २१ करोड १० लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कार पाएको छ ।पराजित भारतले ८ लाख डलर पाएको छ ।