देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

देशान्तर

काठमाडौँ । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाको टी-२० विश्वकप टिम: एडेन मार्कराम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड कोएट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, र्यान रिकेल्टन, ताब्रेज शाम्शी र ट्रिस्टन स्टब्स ।

रिजर्भ खेलाडीमा नान्द्रे बर्गर र लुंगी एनगिडी रहेका छन् र उनीहरु टिमसँगै ट्राभल गर्ने छन् ।

दक्षिण अफ्रिका टी- २० विश्वकपमा समुह डी मा रहेको छ । यस समुहमा दक्षिण अफ्रिकासहित बंगलादेश, श्रीलंका, नेदरल्याण्डस र नेपाल रहेका छन् ।

दक्षिण अफ्रिकाले विश्वकपमा आफ्नो पहिलो खेल जुन ३ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ । दक्षिण अफ्रीका र नेपालबीचको खेल भने जुन १५ मा हुने तालिका रहेको छ ।