देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोडलिङमा अघि बढदै सिर्जना

देशान्तर

काठमाडौं । सिर्जना लामिछानेले मोडलिङ गरेको पछिल्लो गीत मायाँ दिनु छ को म्यूजिक भिडियो सार्बजनिक भएको छ । गीतमा गोविन्द मधुर आचार्य र बिना भट्टराईको स्वर रहेको छ ।

राधा पाण्डेको शब्द रचना रहेको गीतको संगीत र संगीत संयोजन गायक आचार्य आफैले गरेका हुन् ।
म्युजिक भिडियोमा चर्चित मोडल विजय पुन संग सिर्जनाले जोडि बाँधेकि छन् । सिर्जनाले यस अघि पनि जोर मादल , मलाई तिम्रो भर बोलको गीतमा आफ्नो कला देखाई सकेकि छन् । भने केहि दिनमै साँचो मायाँ बोलको गीत सार्बजनिक गर्ने उनको तयारी छ ।

दाङबाट अध्ययनका लागि काठमाडौं आएकी सिर्जनाले अध्ययन संगै अभिनयमा सफलता हासिल गर्दै गएकी छन् । उनको अभिनयको यात्रामा घर परिवारको पुर्ण साथ र सहयोग रहेको सिर्जनाले बताएकी छन् । सार्बजनिक भएको गीत कृष्ण बाजुरालीले मिक्सिङ गरेका हुन् । देव दोर्जे लामाले खिचेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोलाई कोरियोग्राफी र निर्देशन सन्देश बिकेले गरेका हुन् । भिडियो गोबिन्द मधुर आचार्यकै च्यानलबाट सार्बजनिक गरिएको हो ।