देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संगीतकार सरोज कोइरालाको ‘समयले जुरायो’

देशान्तर

काठमाडौँ । संचारकर्मी समेत रहेका सरोज कोइरालाको संग्तिमा रहेको ‘समयले जुरायो’ बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ। गायक शिव परियार र मिना नेपालीको स्वर रहेको गीतका शब्द प्रमोद भट्टराईले लेखेका हुन् ।गीतको भिडियोमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनु शाहको अभिनय छ । दुई प्रेमीको कथा देखाउन खोजिएको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । श्रीदेबले यस अघि आधा दर्जन जति चलचित्र र दर्जन भन्दा बढि म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । भिडियोमा नवराज उप्रेतीको छायांकन र नविन निरौलाको सम्पादन छ । संगीतकार कोईरालाले भ्यूजका हिसावले आफूले संगीत गरेका गीतहरु मध्य अहिले सम्मकै धेरै भ्युज यहि गीतले पाएको बताएका छन् ।

झापा कन्काई नगरपालिका –२ सुरुङ्गा मा जन्मिएका सरोज कोइराला गायक बन्ने सपना सहित २०५८ सालमा काठमाडौं छिरेका हुन् । कुनैबेला रेडियो सिटि एफ एम मा समाचार बाचक बनेका कोईराला साधना कलाकेन्द्रका संगीत प्रशिक्षार्थी हुन् । वरिष्ठ संगीतसाधक प्रकाश गुरुङ संग भोकल सिकेका कोईरालाले २०६० साल एक दुई गीतमा आवाज भरेका थिए ।
सिटि एफ एम पछि एभिन्युज,न्युज, नेपाल वातावरण पत्रकार समूह हिमालय, प्राइम हुदै अहिले स्पेश फोरके टिभीमा सम्पादक रहेका कोइरालाले यस बीचमा सगुन नामक एकल एल्वम सार्बजनिक गरेका थिए । गायकका रुपमा रहेका कोइराला २०७२ साल पछि भने संगीतकारका रुपमा चिनिन थालेका हुन् ।

गीतकार पुष्पा खनालले लेखेको ‘यो आँखाको पानीलाई ’ बोलको गीत उनको संगीतको माईल स्टोन हो । उनले आफू संगीतकार बन्नुमा गीतकार लोकराज अधिकारीको ठूलो हात रहेको सार्बजनिक रुपमा बताउदै आएका छन् । उन्का स्वर तथा संगीत रहेका गीतहरुमा भकारीमा धान, ऐलान , मायाँ केवल मायाँ , पीडा, एउटा माझी ,क्या बात ,लगायत दर्जनबढि भैसकेका छन् । केहि गीत रेकर्डिङ भएर बाहिर आउने क्रममा छन् । चिठ्ठी नामक चलचित्रमा पनि उनको संगीत रहेको छ । केहि समय पछि भिडियो सार्बजनिक हुन लागेको गीतकार सबिता पोख्रेलको शब्द र अन्जु पन्तको स्वर रहेको एक चिम्टी सिन्दुर बोलको गीतबाट कोइराला अझै धेरै आशावादी छन् । भिडियोमा सागर लम्साल बले र अन्जली अधिकारीको अभिनय रहेको छ ।