देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सतीदेवी’को ७५ प्रतिशत छायांकन सकियो

देशान्तर

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका लक्ष्मण सुवेदीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सतीदेवी’को ७५ प्रतिशत छायांकन सकिएको छ । नारीप्रधान चलचित्र ‘सतीदेवी’को केन्द्रीय भूमिकामा अभिनेत्री मल्लिका महत रहेकी छन् । चलचित्रमा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटीको पनि अभिनय रहेको छ ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेकोे चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । चलचित्रको गीत पनि सुवेदी आफंैले लेखेका हुन् । चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत रहेको छ । चलचित्रमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

काठमाडौं, तनहुँ र लमजुङमा छायांकन भइरहेको चलचित्रमा एक महिनामा प्याकअप गर्ने तयारी भए पनि थप केही समय लाग्ने निर्देशक सुवेदीले देशान्तरलाई बताए । चलचित्र पत्रकारितामा कमल चलाउने सुवेदीले ‘एउटा साथी’ र ‘लालजोडी’ फिल्मको निर्देशन गरेका थिए ।