देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौलिक सिर्जनाका धनी दीपक

देशान्तर

काठमाडौं । करोड क्लबका हिट गीतका संगीतकार हुन्, दीपक शर्मा । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ मा जन्र्मेहुर्केका संगीतकार शर्माका पर्ख पर्ख मायालु, पिरिम नलाउने, पहिलो नम्बरमा, माया जदौ, देखन चम्पा, दर्शन सलाम, छुिट्टएर तिमीसँग, बालखैमा दिल बस्यो, पछि पछि लागेर, अर्को जुनी खै कुन्नी, ओक्ल दोक्कललगायतका गीतहरू करोड क्लब प्रवेश गरेका गीत हुन् । शर्माको संगीतमा रहेका माथिका गीतहरूमध्ये केहीमा उनकै शब्द सिर्जनाहरू जुन लोकलयमा आधारित छन् ।
नेपालका चल्तीका संगीतकारमध्येमा पर्छन् दीपक । देखन चम्पा होस् वा हालै मात्र हलमा लागेको हिट फिल्म छक्का पञ्जाको दर्शन सलाम बोलको गीतको सफलतासँगै संगीतकार शर्माको व्यस्तता निकै बढेको छ । फिल्म हबल्दार सुन्तलीको तिम्रा डोला डोला बोलको हिट गीतदेखि गत महिनामात्रै रिलिज गरिएको दर्शन सलामसम्म आइपुग्दा संगीतकार शर्माले एक हजारभन्दा बढी गीतमा संगीत भरिसकेका छन् ।

गत महिनामात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रबल जनसेवा श्री पदकले सुशोभित भएका संगीतकार शर्माले राज्यले गरेको सम्मानप्रति आभार प्रकट गरेका छन् । संगीतकार शर्माले यसअघि पनि अमर स्रष्टा नातिकाजीको नामबाट स्थापित नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७८ पाएका थिए । शर्माले डी सिने अवार्ड, कालिका अवार्ड, सगरमाथा अवार्डलगायत थुप्रै अवार्ड पनि पाएका छन् ।नेपालका अधिकांश गायकगायिका र गीतकारहरूसँग सहकार्य गरिसकेका संगीतकार शर्माले अग्रज गीतकारहरूसँगै समकालीन र उदीयमान गीतकारहरूसँग पनि सांगीतिक जुगलबन्दी गरेका छन् । किरण खरेल, क्षेत्र प्रताप अधिकारी , राजेन्द्र थापा, आनन्द अधिकारी, कृष्णहरि बराल,  ,बुद्धबिर लामा ,लोकराज अधिकारी एक नारायण भण्डारी जस्ता नयाँ पुराना गीतकारहरूको रोजाइका संगीतकार हुन् शर्मा ।

नेपालको ग्रामीण भेगका मौलिक लवजहरूलाई जस्ताको त्यस्तै टिपेर परिमार्जित गरेर नयाँपनमा ढाल्न सक्ने खुबी चलचित्र छक्का पञ्जा १ को देखन चम्पा सुनन चम्पा र चलचित्र राजारानीको चिपक चिपक गीतबाट प्रमाणित गरिसकेका संगीतकार शर्माको अझै नेपालका ग्रामीण भेगमा पुगी नयाँ ढंगले मौलिक सिर्जनाहरूलाई पस्किने उदेश्य छ ।