देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनी सीमा नजिक दुई वटा हेलिकोप्टर र दुई वटा रुसी लडाकु विमान खसालियो

देशान्तर

काठमाडौं । युक्रेनी सीमा नजिक दुई वटा हेलिकोप्टर सहित दुई वटा रुसी लडाकु विमान खसालिएको छ । ती सबै लगभग एउटै समयमा खसेको जनाइएको छ ।

सु–३४ र सु–३५ बम वर्षक विमान तथा एमआइ ८ हेलिकोप्टर गोली खसालिएको हो ।

युक्रेनको चर्निभ क्षेत्रमा क्षेप्यास्त्र आपूर्तिका लागि ती विमान तथा हेलिकोप्टर गइरहेको बेला खसालिएको अनुमान गरिएको छ ।

तासले इन्जिनमा आगो लागेका कारण उक्त दुर्घटना भएको प्रारम्भिक सूचना आएको रुसी समाचार एजेन्सीले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट भएका दृष्यहरुमा भने हेलिकोप्टर आकाशमै पड्केर खसेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यता, युक्रेनले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । बाख्मत शहरबाट रुसी सेनालाई भगाउन अघि बढिरहेको युक्रेनी सेनाले ती विमान र हेलिकोप्टर खसालेको हुन सक्ने अनुमान गरिएको छ ।