देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्जुन र समीक्षाको ‘ओईरे माया’

देशान्तर

काठमाडौँ । संगीतकार अर्जुन पोखरेलकै शब्द रहेको नयाँ गीत ‘लैजा सन्देश’ ओईरे माया सार्वजनिक भएको छ । गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ । अर्जुन र समीक्षाले दर्जन बढी गीतमा सहकार्य गरेका छन् । संगीतकार पोखरेलले समीक्षाका लागि तयार गरेको यो १३ औँ गीत भएको जानकारी गराए ।
गीतका शब्दले समीक्षाको वर्तमान जिन्दगीका केही भावनाको प्रतिनिधित्व गरेझैँ लाग्छ । स्टुडियो भर्सनको भिडियो बनाइएको गीतले दैनिक लाख जति भ्यूज पाउन सफल भएको छ । ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज अर्जुन आफैले गरेका हुन् । नरेश बिबिसीले मिक्सीङ गरेको गीतको स्टुडियो छायाँङकनमा नवराज उप्रेतीले क्यामेरा चलाएका छन् भने सम्पादन र कलर सिलन लम्सालले गरेका हुन् ।