देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपिन र रोशनीको‘जिउँछु मर्छु’

देशान्तर

काठमाण्डौ ।  गायक तथा सङ्गीतकार विपिन घिमिरेको ‘जिउँछु मर्छु’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार अम्बिका गुरुङका शब्दमा विपिन घिमिरेको सङ्गीत छ भने विपिन र रोशनी थापाको स्वर रहेको छ ।

गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन, कुमार केसीको ध्वनि सम्पादन तथा रामकुमार केसीको निर्देशन छायाङ्कन रहेको  छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन ।भिडियोलाई रोशनीकै च्यानलबाट सार्बजनिक गरिएको हो ।

 दाङका विपिनले केहि चलचित्रमा पनि संगीत र स्वर दिएका छन् । दाङकै रोशनी पनि लामो समयदेखि संगीत साधनामा छिन् । विपिन सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा गायकका रूपमा कार्यरत छन् ।

भिडियोमा विपिन र रोशनी आफैले खेलेका छन् ।