देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै, गुजरात र लखनउ, राजस्थान र हैदरावादबीच प्रतिस्पर्धा

देशान्तर

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ ।

गुजरात र लखनउबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ ।

आज हुने पहिलो खेलमा गुजरात टाईटन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा राजस्थान रोयल्सले सनराईजर्स हैदरावादको सामना गर्नेछ ।

शनिबार हुने राजस्थान र हैदरावादबीचको दोस्रो खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

शीर्ष स्थानको गुजरातले १० खेलमा १४ अंक जोडेको छ ।

गुजरात आठौं तथा लखनउ छैटौं जित निकाल्न चाहन्छ । यस्तै, राजस्थान छैटौं तथा हैदरावाद चौथो जितको खोजीमा हुनेछ ।