देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामजी खाँण र सम्झनाको सोल्टिनी

देशान्तर

काठमाडौं । गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगरको स्वरमा रहेको लोकदोहोरी गीत सोल्टिनी सार्बजनिक भएको छ ।
प्रसिद्ध गीतकार लोकराज अधिकारी र सिपी मगरको शब्द रचना रहेको गीतमा खाँणको संगीत रहेको छ । युवा लक्षीत यो दोहोरीमा संगीत संयोजन कृष्ण बिकेको रहेको छ ।
प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई श्यामश्वेत रसाईलीले मिक्स मास्टरिंग गरेका हुन् ।

गीतको भिडियोमा गायक गायिका आफैले अभिनय गरेका छन् । दुर्गा पौडेलले छायाँकन र निर्देशन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।
गीतकार अधिकारी र गायक खाँणको यो दोश्रो सहकार्य हो भने गायिका सम्झना संग पहिलो सहकार्य । गीत मिठो बनेकोले दर्शकले रुचाउनेमा गीतकार आशावादी छन् ।