देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रष्टाचार बढीरहँदा सरकार भने मुकदर्शक छः मुख्यमन्त्री यादव

देशान्तर

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा भ्रष्टाचार बढीरहँदा सरकार भने मुकदर्शक बन्नुपरेको बताउनुभएको छ ।

आज जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रदेशमा भ्रष्टाचार बढिरहँदासमेत सरकार मुकदर्शक बन्नुपरेको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि आफूसँग कुनै निकाय नभएको गुनासो गर्नुभयो ।

प्रदेश सरकारलाई प्रहरी समायोजन र कर्मचारी समायोजन अति आवश्यक भइसकेको बताउनु हुँदै मुख्यमन्त्री यादवले कर्मचारी समायोजन र प्रहरी समायोजन गरिदिए २४ घण्टाभित्र सबै पीडितलाई न्याय दिइए दोषीलाई कठघरामा उभ्याउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरिनु, मुख्यमन्त्रीको सवारीका बेलामा समेत ट्राफिक प्रहरीहरू सडकमा मोबाइलमा गफ गरेर बस्नु जस्ता गतिविधिले प्रदेशको सुरक्षा कस्तो छ ? भन्ने देखाउने बताउनुभयो ।

मुख्यमन्त्री यादवले संघ सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरेको गुनासो गर्नुभयो ।