देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जोशीका ठूला कुरा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता हुँदै राष्ट्रपतिको जिम्मेवारीमा पुगेका रामचन्द्र पौडेलसँगको तिक्तता र प्रतिस्पर्धाका कारण तनहुँमा गोविन्दराज जोशीले सधैं विवाद र बबण्डर खडा गर्दै आएका थिए ।

पार्टीभित्र मात्र होइन अन्य दलसँग हुने चुनावी प्रतिस्पर्धामा पनि पार्टीका उम्मेदवार हराउन जोशी केही वर्षयता सक्रिय रहँदै आएका थिए । पौडेल राष्ट्रपतिको जिम्मेवारीमा पुगेपछि दुवै नेतालाई जीवनको उत्तरार्धमा सम्मान दिने उद्देश्यले सभापति शेरबहादुर देउवाले जोशी माथिको अनुशासनको कारबाही फुकुवा गरे ।

भ्रष्टाचारको मुद्दा खेपिरहेका जोशी पार्टी संगठनमा लामो समय लागे र कांग्रेसको सहमहामन्त्रीसम्मको जिम्मेवारीमा पुगिसकेका नेता भन्दै देउवाले उनी माथिको कारबाही फुकुवा मात्र होइन केन्द्रीय समितिमा ल्याउनेसम्म तयारी गरे ।

त्यसका लागि सभापति देउवासहितका नेताहरूले छलफल पनि गरे । तर, कांग्रेस नेता तथा कार्यकर्ताले उनलाई पार्टी राजनीतिमा सक्रिय बनाउनका लागि लिएको पहललाई कमजोरीका रूपमा बुझ्दै जोशीले सभापति देउवासँग ‘बार्गेनिङ’ गरेको बुझिएको छ । जोशीलाई पार्टी केन्द्रीय सदस्य मनोनीत गर्ने देउवाले आश्वासन दिएका थिए ।

तर उनले पुराना नेता कुलबहादुर गुरुङ, विनयध्वज चन्द, लक्ष्मण घिमिरे र आफ्ना छोरा दीपक जोशीसहित पाँच जनालाई केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने ठूलो माग राखेका कारण सहमति हुन नसकेको बताइन्छ । यसले जोशी, कांग्रेस राजनीतिमा फर्कने पक्षमा नरहेका स्पष्ट संकेत मात्र गरेको छैन कांग्रेससँगको मोलमोलाइ नमिलेपछि भ्रष्टाचार मुद्दा खेपिरहेका जोशी रास्वापालाई नै सघाउन भित्री रणनीतिमा रहेको देखिन्छ ।

राजनीतिलाई सफा गर्ने भन्दै ठूला गफ दिंदै हिडेका स्वर्णिम वाग्ले उनै जोशीलाई बोकेर आइतबार (आज) हुने निर्वाचनको बैतर्णी तर्न खोजेको तनहुँका मतदाताको बुझाइ छ । राजनीति सफा गर्न हिँडेको भन्दै गफ लगाउँदै हिँडेका वाग्लेको भ्रष्टाचारको मुद्दा खेपिरहेका जोशी मुख्य सहयोगी बनेका छन् ।