देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सागर खनाल अभिनित ’कुनै दिन ’ सार्वजनिक (भिडियो)

देशान्तर

काठमाण्डौ । मोडल सागर खनाल अभिनित पछिल्लो म्यूजिक भिडियो ’कुनै दिन ’सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत ’कुनै दिन ’मा सागर संगै सिम्रन पन्तको अभिनय रहेको छ । यस अघि दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरेका सागर यो गीतबाट अलिबढि आशावादी देखिएका छन् । ओस्कार कलेजमा फिल्म पढेका सागरले अभिनयमा ब्याचलर सकेका छन् ।

फरक फरक निर्देशक संग काम गरेका सागरले यस पटक संगीतकार अर्जुन पोख्रेलको निर्देशनमा काम गरेका हुन् ।संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ प्रस्तुत गरिएको छ ।

विवाहको लागि इन्गेज भैसकेको एउटा प्रेमिका चिनजान भएको १५ दिनमा नै अर्को पुरुषसंग धेरै नजिकिए पछिको घटनाक्रम भिडियोमा देखाइएको छ ।
माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सहनिर्देशन रहेको ’कुनै दिन ’को भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी ,शिलन लम्साललको सम्पादन तथा कलर ग्रेडीङ रहेको छ । गीतलाई म्यूजिक नेपालले बजारमा ल्याएको हो । गीत सार्बजनिक भएपछि आएको सकारात्मक प्रतिकृयाबाट सागर उत्साहित भएका छन् ।