देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ए डिभिजन लिग अन्तर्गत आज नवौं चरणका दुई खेलहरु हुँदै

देशान्तर

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज नवौं चरणका दुई खेलहरु हुँदैछ ।

नवौं चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

त्यस्तै च्यासल मैदानमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । थ्री स्टार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।