देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुस–युक्रेन आक्रमणमा परी दुई वर्षीय बालकसहित ८ जनाको मृत्यु, २१ जना घाइते

देशान्तर

एजेन्सी । युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लो–भ्यान्स्कमा रुसको आक्रमणमा परेर दुई वर्षीय बालकसहित करिब ८ जनाको मृत्यु भएको छ । भने सोही आक्रमणमा अन्य २१ जना घाइते भएका छन् ।

आक्रमणमा अझै धेरै सर्वाधारण बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने बीबीसीले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्नुभएको छ ।

रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलार्ई लक्षित गरेर विस्फोट गराएको त्यहाँका अधिकारीहरुले बताएका छन् । सोही शहरका अन्य ७ स्थानमा विस्फोट गराएको सरकारी अधिकारीहरुको दावी छ ।

विस्फोटपछि विद्यालय क्षेत्रमा बालबालिकाका किताब तथा पोशाकहरु सडकमा छरिएका दृष्य देखा परेको समाचार संस्था रोयटर्सले उल्लेख जनाएको छ ।

रुसले युक्रेनको स्लेभ्यान्स्लाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ । सोही क्रममा रुसका धेरै सैनिकको मृत्यु भएको युक्रेनले दावी गरेको छ ।

युद्धका क्रममा युक्रेनतर्फ पनि ठूलो क्षति भएको जनाइएको छ । बीबीसीका अनुसार युद्ध सुरु भए यता २० हजार ५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको छ ।

जस मध्ये पछिल्ला दुई हप्तामा करिब २ हजार रुसी सैनिकको मृत्यु भएको जनाइएको छ ।