देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्माको बलिवुड सिनेमामा काम गर्ने रुची

देशान्तर

काठमाण्डौ । पोखरा घर भै हाल अध्ययनका क्रममा ललितपुर बस्ने १८ बर्ष कि आर्मा शर्मालाई आमा अर्चना अर्यालले एमबिबिएस पढाउन चाहन्थिन तर आर्माको भने बलिवुडको सिनेमामा काम गर्ने रुची छ ।
५ दशमलव साढे आठ इन्च हाईट भएकि मोडलिङमा रुची राख्ने आर्माले अहिले साइन्स बायोलोजी बिषय अध्ययन गरिरहेकी छन् ।

युलेन्स कलेज बाट १२ कक्षा पास गरेकि आर्मा उच्च शिक्षाका लागि यूएस जाने तयारीमा छिन् । आर्माले सिनेमा अध्ययन गरेर बलिवुडमा काम गर्ने आंकाक्षा रहेको बताएकि छन ।
आमा अर्चनाले छोरीको चाहना सिनेमा तर्फ नै छ भने आफूले नरोक्ने पूर्ण सहयोग गर्ने बताएकी छन । फेसन डिजाइनको ब्यबसाय गर्दै आएकि अर्चनाको आफ्नै बुटिक छ ।

बुटिकमा प्रसिद्ध अभिनेत्री मनिषा कोईराला जस्ता सेलिब्रेटी आउने र डिजाइन लिएर जाने गर्छन । त्यसकै प्रभाव पनि हुन सक्छ आर्मालाई बलिवुडको सिने नगरीमा काम गर्ने इच्छा जागेको अर्चनाले भनिन् ।

पहिले मुम्बै गएर सिनेमा अध्ययन गर्न चाहेकि आर्माले अहिले युएसमै सिनेमा अध्ययन गर्ने मनस्थिति बनाएकि हुन् ।