देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारलाई मेयर बालेनको च्यालेन्ज– कि काठमाडौँको हितमा काम गर्नुस्, कि सिंहदरवार सार्नुस्

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेल्द्र साह (बालेन) ले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न सरकारलाई आग्रह गर्नुभएको छ ।

आज समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेल्द्र बालेनले यस्तो आग्रह गर्नुभएको हो ।

काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्दा काठमाडौंवासीलाई कुनै आपत्ति नहुने पनि उहाँले बताउनुभएको छ ।

सरकारले काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबारभित्रको फोहोर उठाउन बन्द गर्नुभएका मेयर साहले काठमाडौंवासीलाई सम्पदा, संकृति, कला र सभ्यता चाहिएको बताउनुभयो।
तर काठमाडौंवासीलाई राजनीति भने नचाहिएको उहाँको तर्क छ ।