देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै

देशान्तर

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि आज मतदान हुदैँ छ । वरिष्ठ उपाध्यक्षसहित ३ जना उपाध्यक्ष र कार्यकाररिणी समितिका लागि आज निर्वाचन हुने भएको हो । वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, र रामचन्द्र संघई प्रतिस्पर्धामा रहेका हुन् । निर्वाचित हुनका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनु पर्ने हुन्छ । त्यस्तै, उद्योग वाणिज्य समूहबाट एक, वस्तुगत समूहबाट एक र एशोसिएट सदस्य समूहबाट एक जना उपाध्यक्ष चयन हुने भएका छन् ।

महासंघ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक सदस्य चयन हुने व्यवस्था रहेकोमा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् । उद्योग वाणिज्य समूहबाट १८ खुला सदस्य पदका निमित्त ३२ जना चुनावी मैदानमा छन् भने संस्थापन सदस्य र दुई राष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि एक–एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

वस्तुगत समूहमा १४ सदस्य पदका निमित्त २८ जना प्रतिस्पर्धामा रहेका छन् भने १९ एशोसिएट सदस्यका लागि २९ जना व्यवसायी प्रतिस्पर्धमा रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष व्यबस्था रहेको छ । सोहि व्यबस्था अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अध्यक्षको कार्यभार लिनुहुने छ । अर्को कार्यकालका लागि अहिले वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने ब्यक्ति स्वत अध्यक्ष वन्नुहुने छ ।