देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सप्तरी जसपा अध्यक्षमाथि प्रहरीद्धारा कुटपिट, प्रदर्शनमा उत्रिए कार्यकर्ता

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई प्रहरी निरीक्षक टाउकोमा चोट लाग्ने गरी हातपात गपछि जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरेका छन् ।

अध्यक्ष यादवको टाउकोमा चोट लाग्ने गरी हातपात गरेको भन्दै जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरेका हुन् ।उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनाबग्रस्त बनेको छ । छलफलका क्रममा प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको थियो ।

यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश कुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा थिए । त्यस क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग उनको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेका थिए ।