देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री जम्कट्टेलको तयारी

देशान्तर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले आइतबारसाँझसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी गर्नुभएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

संघीय सरकारमा राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा गठबन्धन परिवर्तन भएपछि बागमति सरकारबाट नेकपा (एमाले) बाहिरइसकेको छ । हाल एमालेको भागमा रहेको चार मन्त्रालय रिक्त छन् । त्यसअघि नै तीन मन्त्रालय रिक्त थियो ।

यसरी बागमती प्रदेशमा ७ वटा मन्त्रालय रिक्त रहेका छन् । रिक्त रहेका ७ मन्त्रालयमध्ये ५ जना नेपाली कांग्रेसबाट तथा नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबाट १–१ जना मन्त्री नियुक्त गर्ने तयारी छ ।

११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढ्ने गरी मन्त्रालयको भागबण्डा मिलाउने सहमतिअनुसार कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको हो । प्रदेश सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने बताइएको छ ।

यसअघिकांग्रेसले ६ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा मन्त्रालयको संख्या नबढाउने समझदारीपछि ५ वटा मन्त्रालयमा सहमति जुटेको हो ।